यस्तो छ सोमबार विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जस अनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । यसैगरी अमेरिकी डलर एकको खरिद दर १३२रुपैयाँ ३८ पैसा रहेको छ भने बिक्री दर १३२रुपैयाँ ९८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ ९७ पैसा रहेको छ भने बिक्री दर १४५ रुपैयाँ ६३ पैसा रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८ रुपैयाँ ८३ पैसा रहेको छ भने बिक्री दर १६९ रुपैयाँ ६० पैसा रहेको छ ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ५१ पैसा रहेको छ भने बिक्री दर ८८ रुपैयाँ ९१ पैसा रहेको छ । साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ३० पैसा रहेको छ भने बिक्री दर ३५ रुपैयाँ ४६ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४८ पैसा रहेको छ भने बिक्री दर २८ रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।