इनारभित्र खसेकी महिलाको साढे दुई घण्टापछि उद्धार
प्रकाशित मिति: सोमबार, माघ ०१, २०८० | १३:५८:२५
काठमाडौं । ललितपुरको इमाडोलस्थित इनारमा खसेकी महिलाको करिब साढे दुई घण्टापछि उद्धार गरिएको छ । दोलखा घर भई इमाडोलको कृष्ण मन्दिर पछाडि तिर डेरा गरी बस्ने २८ वर्षीया न्युटन प्रधान आज बिहान लुगा सुकाउने क्रममा इनारमाथि चढेको बेला स्लाब फुटेर इनारभित्र खसेकी थिइन् ।
उनको उद्धारका लागि नेपाल प्रहरी, विपद व्यवस्थापनको टोली र नेपाली सेनाको टोली पनि खटिएको थियो । उद्धार गरेर उपचारका लागि पाटन अस्पताल लगिएको ललितपुरको सातदोबाटो प्रहरी कार्यालयका डिएसपी उमेश जोशीले जानकारी दिए ।
प्रकाशित मिति : सोमबार, माघ ०१, २०८० |
१३:५८:२५
2531