अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा आज
प्रकाशित मिति: सोमबार, माघ ०८, २०८० | ११:२७:१२
काठमाडौँ । भारतको अयोध्यामा आज नयाँ मन्दिरमा भगवान् रामको अभिषेक गरिने भएको छ । प्राण प्रतिष्ठा समारोह स्थानीय समयानुसार मध्याह्न १२:२० बजे (नेपाली समयानुसार मध्याह्न १२:३५ बजे) सुरु हुनेछ । राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका अनुसार रामललाको मूर्तिलाई आइतबार ११४ वटा घडाको जलबाट स्थान गरिएको थियो । विभिन्न तीर्थ स्थलबाट ल्याइएको ‘औषधियुक्त’ जल र पवित्र जलबाट मूर्तिलाई स्थान गरिएको थियो ।
मूर्तिमा प्राण प्रतिष्ठाका लागि आयोजित भव्य समारोहमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसहित विशिष्ठ व्यक्ति सहभागी हुनेछन्। प्राण प्रतिष्ठापछि मोदीले अयोध्यामा आयोजित जनसभालाई सम्बोधन गर्ने कार्यक्रम पनि छ । भारतको सर्वोच्च अदालतले सन् २०१९ मा सुनाएको फैसलापछि अयोध्यामा नयाँ मन्दिर बनाइएको हो ।
प्रकाशित मिति : सोमबार, माघ ०८, २०८० |
११:२७:१२
6601



















