साेमबार कतिमा किनबेच हुँदैछ सुन ?
प्रकाशित मिति: सोमबार, माघ ०८, २०८० | १५:२१:१०
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको हाे ।
हिजो पनि प्रतितोला छापावाल सुन १ लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो। यो दिन सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको थियो । आज चाँदीको भाउ पनि स्थिर रहँदै तोलाको १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार ३९० रुपैयाँमा किनबेच भएको थियो ।
प्रकाशित मिति : सोमबार, माघ ०८, २०८० |
१५:२१:१०
3895












