खैरहनीमा जंगली हात्तीको आक्रमणबाट निकुञ्जका कर्मचारी घाइते
प्रकाशित मिति: सोमबार, माघ ०८, २०८० | १८:१४:४२
चितवन , ८ माघ । चितवनमा जंगली हात्तीले आक्रमण गर्दा एकजनाको घाइते भएका छन् । खैरहनी नगरपालिका वडा नम्बर १२ स्थित जनकपुर पोष्ट नजिक आज बिहान जंगली हात्तीको आक्रमणमा परि चितवन राष्ट्रिय निकुञ्जमा कार्यरत कर्मचारी घाइते भएका हुन् । निकुञ्जमा गेम स्काउट पदमा कार्यरत अन्दाजी ४७ वर्षिय हेमलाल सुवेदी घाइते भएको निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीले जानकारी दिए । घाइते सुवेदीको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेका र उनको अवस्था मध्यम रहेको तिवारीले बताए ।
प्रकाशित मिति : सोमबार, माघ ०८, २०८० |
१८:१४:४२
3697