बैंकिङ प्रणालीबाट थप ३० अर्ब खिच्दै राष्ट्र बैंक, मंगलबार बोलकोबल
प्रकाशित मिति: सोमबार, माघ ०८, २०८० | १९:३०:१८
काठमाडौं । अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले फेरि बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ तान्ने भएको छ । राष्ट्र बैंकले भोलि मंगलबार मंगलबार (पुस ९ गते) थप ३० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट खिच्न लागेको हो। यसका लागि भोलि दिउँसो २ बजे बोलकबोल हुने भएकाे छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।
यो १४ दिने निक्षेप संकलन उपकरणको माघ २३ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ । बैंकले माघमा यो तेस्रोपटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै बजारमा पैसा तान्न लागेको हो । बैंकले गत माघ ३ गते ३० अर्ब रुपैयाँ र माघ ४ गते २० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट खिचेको थियो ।
प्रकाशित मिति : सोमबार, माघ ०८, २०८० |
१९:३०:१८
2839