खैरहनीमा शनिबारदेखि दोस्रो मेयर रनिङ कप फुटबल प्रतियोगिता
चितवन , ११ माघ । खैरहनीमा शनिबारदेखि दोस्रो मेयर रनिङ कप फुटबल प्रतियोगिता सुरुहुने भएको छ । खैरहनी माध्यमिक विद्यालयको खेल मैदानमा मेयर रनिङ कप हुन लागेको हो । प्रतियोगितामा खैरहनीको १३ वटा वडा स्तरीय समूह सहभागी हुने नगर खेलकुद विकास समिति खैरहनीले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुने समुहलाई नगद ६० हजार ट्रफी ,मेडल सहित रनिङ सिल्ड प्रदान गरिने नगर खेलकुद विकास समितिका अध्यक्ष धनविर चौधरीले जानकारी दिए । त्यस्तै द्वितीय हुने समुहलाई नगद ४५ हजार ट्रफी र मेडल प्रदान गरिने छ । प्रतियोगितामा विभिन्न बिधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ट्रफी प्रदान गरिने अध्यक्ष चौधरीले बताए ।
प्रतियोगिता अन्तर्गत प्रत्येक खेलमा उत्कृष्ट खेल प्रदर्सन गर्ने खेलाडीलाई म्यान अफ द म्याचको उपाधीसहित ट्रफी प्रदान गरिने छ । प्रतियोगिताभर उत्कृष्ट खेल प्रदर्शन गर्ने एकजनालाई म्यान अफ त सिरिसको ट्रफी , उत्कृष्ट स्ट्राइकर , उत्कृष्ट गोल रक्षक ,सर्वाधिक गोलकर्ता , उत्कृष्ट प्रतिरक्षक , उत्कृष्ट मिड फिल्डर र अनुशासित टिमलाई ट्रफी प्रदान गरिने छ ।
प्रतियोगितामा लगातार ३ पटक विजेता हुने समुहलाई नगद ५ लाख रुपैया पुरस्कर प्रदान गरिने खैरहनी नगरपालिकाका नगर प्रमुख शशी कुमार खनियाले जानकारी दिए । प्रथम मेयर रनिङ कप फुटवल प्रतियोगितामा खैरहनी वडा नम्बर ९ विजेता भएको थियो ।
खेल तालिका




















