बढ्यो आज पनि सुनको मूल्य कतिमा हुँदैछ कारोबार ?
प्रकाशित मिति: बुधबार, माघ १७, २०८० | १५:००:३३
काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ सय रुपैयाँले बढेर १ लाख १८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १८ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने आज स्थिर रहेको छ । चाँदि आज प्रतितोला १ हजार ४२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : बुधबार, माघ १७, २०८० |
१५:००:३३
3191