आज पनि घट्यो सुन चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?
प्रकाशित मिति: मंगलबार, माघ २३, २०८० | १२:०५:५३
काठमाडौं । नेपाली बजारमा आज मंगलबार पनि सुन चाँदीको भाउ घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ५ सय रुपैयाँले घटेर १ लाख १८ हजार रुपैयाँ प्रतितोलाका दरले कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : मंगलबार, माघ २३, २०८० |
१२:०५:५३
3235