बिहीबार ५.७४ अंकले बढ्याे नेप्से परिसूचक
प्रकाशित मिति: बिहिबार, माघ २५, २०८० | १७:१८:२६
काठमाडौं । नेप्से परिसूचक सामान्य अंकले बढेको छ । बिहीबार ५.७४ अंकले बढेको सेयर बजार २०९६.३८ विन्दुमा पुगेर बन्द भएको छ । नेप्सेमा कुल ३१७ कम्पनीको ९१ लाख ७१ हजार ७१० कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २१ करोड २२ लाख ८३ हजार ४५३ रुपैयाँको कारोबार भएको छ । यसदिन १५७ कम्पनीको सेयरमूल्य बढ्दा ८२ वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर छ ।
प्रकाशित मिति : बिहिबार, माघ २५, २०८० |
१७:१८:२६
3609