आइतबार बढ्यो सुनको भाउ, ताेलाकाे कति ?
प्रकाशित मिति: आइतबार, फाल्गुण ०६, २०८० | १२:०५:४०
काठमाडौं । नेपाली बजारमा आईतबार सुनचाँदीको मूल्य बढेको छ । शुक्रबारको तुलनामा आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको एक लाख १७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । गत कारोबार दिन उक्त सुन तोलामा एक लाख १७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, तेजाबी सुनको मूल्य तोलामा एक लाख १७ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेको छ । चाँदी तोलामा एक हजार ४३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : आइतबार, फाल्गुण ०६, २०८० |
१२:०५:४०
2267