विदेशी विनिमय दर : आज कुन मुद्राको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ५३ पैसा र बिक्रीदर १३३ रूपैयाँ १८ पैसा कायम गरिएको छ । सोमबार युरोपियन युरोको एकको खरिददर १४२ रूपैयाँ ८१ पैसा र बिक्रीदर १४३ रूपैयाँ ४६ तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ०४ पैसाले बढेको हो ।
त्यस्तै, बेलायती पाउण्ड सटर्लिङको भाउ एक रुपैयाँ १० पैसाले बढेर एकको खरिददर १६६ रूपैयाँ ९९ पैसा र बिक्रीदर १६७ रूपैयाँ ७४ पैसा कायम गरिएको छ। यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ ५७ पैसा र बिक्रीदर ८६ रूपैयाँ ९६ पैसा र क्यानेडियन डलरको एक खरिददर भने ९८ रूपैयाँ २८ पैसा र बिक्रीमा ९८ रूपैयाँ ७२ पैसा कायम गरिएको छ । यसैगरी, सोमबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ३४ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ५१ पैसा कायम गरेको राष्ट्र बैंकले जनाएकाे छ ।
साथै, कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ ३५ पैसा र बिक्रीदर ४३२ रूपैयाँ ३० पैसा र बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ५४ पैसा र बिक्रीदर ३५३ रूपैयाँ १३ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।












