उद्योग वाणिज्य संघको उपाध्यक्षमा रावल विजयी,सदस्यमा दुईजना स्वतन्त्र उम्मेदवार समेत विजयी
चितवन , ८ फागुन । उद्योग वाणिज्य संघ खैरहनीको वाणिज्य उपाध्यक्षमा क्षेत्र बहादुर रावल विजयी भएका छन् । प्यानलसहितका उम्मेदवार रावलले झिनो मतान्तरले विजयी भएका हुन् ।
सोमबार भएको निर्वाचनमा आफ्नो प्रतिस्पर्धी केदार बर्तौलालाई जम्मा ८ मतको अन्तरले पराजित गर्दै रावल विजयी भएका हुन् । रावल विभिन्न दलनिकट व्यवसायीहरुको प्यानलबाट उम्मेदवार रहेका थिए भने बर्तौलाले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
त्यस्तै सदस्य पदमा विजयी ७ जनामध्य दुईजना स्वतन्त्र उम्मेदवार रहेका छन् । विजयी हुनेमा ५ जना प्यानलका उम्मेदवार रहेका छन् भने दुईजना स्वतन्त्र उम्मेदवार रहेका छन् । वाणिज्यतर्फको सदस्य पदमा प्रविण खरेल , विक्रम खड्का , प्रेम नारायण जोशी , लक्ष्मण विसुराल , अजय न्यौपाने , विनोद नेपाल र लालप्रसाद चालिसे विजयी भएका छन् । अजय न्यौपाने र विनोद नेपालले स्वतन्त्र उम्मेदवारी दिएका थिए । सदस्य पदका उम्मेदवार वावुराम भट्ट , रामकृष्ण बर्तौला, प्रकाश मुडबरी र तुलसी आचार्य पराजित भएका छन् ।
मतपरिणाम