चितवनको खैरहनीमा एक युवकको शव फेला , हत्याको आशंका
प्रकाशित मिति: मंगलबार, फाल्गुण ०८, २०८० | ९:२०:३०
चितवन , ८ फाल्गुन । चितवनको खैरहनीमा एक युवकको शव फेला परेको छ । खैरहनी नगरपालिका वडा नम्बर २ मा एक युवकको शव फेला परेको हो । खैरहनी २ निवासी अन्दाजी वर्ष २४ को कृष्ण प्रसाद खनालको शव फेला परेको हो । उनको घाटीमा चक्कु प्रहार भएको छ । घाटिमा चक्कु नै रहेको अवस्थामा शव फेला परेको हो ।
घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिए । घटनाको अनुसन्धानको लागि फरेन्सिक चिकित्सकसहित , तालिम प्राप्त कुकुर समेत ल्याएर अनुसन्धान गर्न लागेको भण्डारीले बताए ।
प्रकाशित मिति : मंगलबार, फाल्गुण ०८, २०८० |
९:२०:३०
6887