यस्ताे छ मंगलबारकाे विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ५३ पैसा र बिक्रीदर १३३ रूपैयाँ १३ पैसा कायम गरिएको छ । मंगलबार युरोपियन युरोको एकको खरिददर १४२ रूपैयाँ ८७ पैसा र बिक्रीदर १४३ रूपैयाँ ५१ तोकिएको छ।
त्यस्तै, बेलायती पाउण्ड सटर्लिङको भाउ एक रुपैयाँ २६ पैसाले बढेर एकको खरिददर १६७ रूपैयाँ २५ पैसा र बिक्रीदर १६८ रूपैयाँ ०१ पैसा कायम गरिएको छ । यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ ६६ पैसा र बिक्रीदर ८७ रूपैयाँ ०५ पैसा र क्यानेडियन डलरको एक खरिददर भने ९८ रूपैयाँ ३४ पैसा र बिक्रीमा ९८ रूपैयाँ ९७ पैसा कायम गरिएको छ ।