सुनको भाउ बढ्यो, ताेलाकाे कति ?
प्रकाशित मिति: बुधबार, फाल्गुण ०९, २०८० | १२:४०:२६
काठमाडौं । सुनचाँदीको भाउ बढेको छ । बुधबार तोलामा ४०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।
बुधबार चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४१५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ४१० रुपैयाँमा किनबेच भएको थियो ।
प्रकाशित मिति : बुधबार, फाल्गुण ०९, २०८० |
१२:४०:२६
4445