स्वच्छ वातावरणमा स्वस्थकर मासु भन्दै खैरहनीमा खुल्यो ‘एभ्रिडे चिकन’
चितवन , १३ फागुन । पूर्वीचितवनको खैरहनीमा एभ्रिडे चिकन नामको मासु पसल संचालनमा आएको छ । उपभोक्तालाई स्वच्छ वातावरणमा स्वस्थकर कुखुराको मासु बिक्री गर्ने उदेश्यको साथ एभ्रिडे चिकन संचालनमा आएको हो । खैरहनी ८ स्थित बाबा पेट्रोल पम्पको पछाडी उक्त पसल खुलेको हो ।
व्यापार मात्रै नभएर उपभोक्ताहरुको स्वास्थ्यलाई समेत प्राथमिकता दिएर स्वच्छ र स्वस्थकर मासु बिक्री गर्न पसल संचालनमा ल्याएको एभ्रिडे चिकनका संचालक प्रकाश श्रेष्ठले बताए । युवा उद्यमी श्रेष्ठले खैरहनी ६ मा रहेको आफ्नै सुविधासम्पन्न बधसालामा कुखुरा काटेर तयार गरिने र पर्सा बजारको आउटलेटबाट बिक्री वितरण गरिने बताए । बधसालामा पहिलो चरणको काम सकेर पसलमा ल्याएर चिलिङ्ग मेसिनमा मासु राखिने उनले बताए । तापक्रम र सरसफाईमा विशेष ध्यान दिएर मासु राखिने र ग्राहकको आवश्यकता अनुसार पिस पिस बनाएर दिनेगरि पसल संचालनमा ल्याएको श्रेष्ठले बताए । अहिले ग्राहकहरुले पैसा पनि तिर्ने तर सोचेको जस्तो स्वस्थकर मासु र सरसफाइयुक्त पसल तथा आउटलेट नभेटेको भन्दै व्यवसायसँगै ग्राहकको स्वास्थ्यलाई समेत आफुले ध्यान दिएको उनको दावी छ ।