कृषि विकास बैंकको फागुन ३० गते साधारण सभा
प्रकाशित मिति: बुधबार, फाल्गुण १६, २०८० | ११:०८:२१
काठमाडौं । कृषि विकास बैंकले साधारण सभा बस्ने भएको छ। सभा फागुन ३० गते बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडे, भक्तपुरमा बिहान ११ बजेदेखि सुरु हुनेछ । बैंकले यस वर्ष लाभांश सम्बन्धी कुनैपनि प्रस्ताव प्रतुत नगरी सभा बोलाएको हो । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा पनि छलफल हुनेछ। इक्विटीमा भएको परिवर्तन, नगद प्रवाहलगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नेछ ।
त्यस्तै, बैंकको सहायक कम्पनीहरु कोष व्यवस्थापन कम्पनी तथा गोबर ग्यास कम्पनीको गत आवको वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण स्वीकृत गर्ने प्रस्ताव पनि रहेको छ । सभा प्रयोजनार्थ बैंकले बिहीबार फागुन १७ गतेदेखि फागुन ३० गतेसम्म बुक क्लोज गर्ने भएको छ । आजसम्म कायम सेयरधनीले सभामा भाग लिन सक्ने बैंकले जनाएको छ ।
प्रकाशित मिति : बुधबार, फाल्गुण १६, २०८० |
११:०८:२१
2509