चितवनमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
प्रकाशित मिति: बिहिबार, फाल्गुण १७, २०८० | १३:०३:००
चितवन । चितवनको रत्ननगर नगरपालिका–९, कृष्ण मन्दिरनजिक ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । बुधबार मध्यराति प्रदेश २–०३–००१ख ६९९६ नम्बरको ट्रकको ठक्करबाट पैदल यात्री एक पुरुषको मृत्यु भएको हो । मृतकको पहिचान नखुलेको प्रहरीको भनाइ छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति : बिहिबार, फाल्गुण १७, २०८० |
१३:०३:००
2641