सालिनको पोष्टमार्टम रिपोर्ट : झुन्डिएको कारण मृत्यु , बलात्कार देखिएन
चितवन । चितवनको शिशु निकेतन विद्यालयभित्र मृत भेटिएकी शालिन पोखरेलको बलात्कार नभएको देखिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक भावेष रिमालका अनुसार पोष्टमार्टमकाे प्रारम्भिक रिपार्टमा बालिकाको बलात्कार नभएको पाइएको हो ।
गत १२ फागुनमा शालिन विद्यालयको छात्रावासको कोठामा सिलिङको पंखामा डोरीमा झुन्डिएको अवस्थामा मृत अवस्थामा भेटिएकी थिइन् । उनकाे शवकाे पोष्टमार्टम त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा गरिएको थियाे । शालिनकाे मृत्यु पश्चात मृतकका आफन्तले ज्यान सम्बन्धी कसुरमा किटानी जाहेरी दिएपछि प्रहरीले विद्यालयका प्रधानाध्यापक ६० वर्षीय बालहरि देवकोटा, सह प्रधानाध्यापक ४० वर्षका किरणबहादुर अधिकारी र होस्टेल वार्डेन ४८ वर्षीय कमल शर्मा पौडेललाई मंगलबार पक्राउ गरेको थियो ।
उनीहरुलाई सात दिन हिरासतमा राखेर अनुसन्धान थालिएकाे छ । झुन्डिएको कारण मृत्यु भएको उल्लेख रहेको स्रोतले जनाएको छ ।