दाेहाेराे अंकले घट्यो सेयर बजार
प्रकाशित मिति: आइतबार, फाल्गुण २०, २०८० | १६:४५:०६
काठमाडौं । नेप्से परिसूचक पौने १२ अंकले घटेको छ । साताको पहिलो कारोबार दिन आइतबार ११.७८ अंकले घटेको सेयर बजार १९६०.३० विन्दुमा आएर बन्द भएको छ ।
यसदिन ३०९ वटा कम्पनीको ५५ लाख ७४ हजार २०७ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८ करोड २७ लाख ८६ हजार ८९ रुपैयाँको कारोबार भएको छ । यसदिन ६३ वटा कम्पनीको सेयर मूल्य बढ्दा १७५ कम्पनीको सेयर मूल्य घटेको छ भने १० वटा कम्पनीको स्थिर रह्यो ।
प्रकाशित मिति : आइतबार, फाल्गुण २०, २०८० |
१६:४५:०६
2905