सुनको मूल्यमा नयाँ रेकर्ड
प्रकाशित मिति: मंगलबार, फाल्गुण २२, २०८० | १४:२२:३६
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेकाे छ । मंगलबार सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख २१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै तेजाबी सुन प्रतितोला एक लाख २२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : मंगलबार, फाल्गुण २२, २०८० |
१४:२२:३६
2861