कस्ताे छ आज विदेशी मुद्राकाे विनियम दर ?
प्रकाशित मिति: आइतबार, फाल्गुण २७, २०८० | १०:२९:२५
काठमाडाैँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरे अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ १६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७६ पैसा निर्धारण भएको छ । त्यसैगरी आजको लागि युरो १ को खरिदर १४४ रुपैयाँ ५० पैसा र बिक्रीदर १४५ रुपैयाँ १६ पैसा निर्धारण भएको छ । बेलायती पाउन्ड १ को खरिददर १६९ रुपैयाँ ५५ पैसा र बिक्रीदर १७० रुपैयाँ ३२ पैसा रहेकाे छ ।
आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ८२ पैसा र बिक्रीदर ८८ रुपैयाँ २२ पैसा र कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ ३५ पैसा र बिक्रीदर ४३२ रुपैयाँ ३० पैसा निर्धारण भएको छ । बहराइन दिनारको खरिददर ३५० रुपैयाँ ५८ पैसा र बिक्रीदर ३५२ रुपैयाँ १८ पैसा निर्धारण भएको नेपाल राष्ट्र बैंकले जनाएकाे छ ।
प्रकाशित मिति : आइतबार, फाल्गुण २७, २०८० |
१०:२९:२५
2333