पाकिस्तानको राष्ट्रपतिमा जरदारी विजयी
प्रकाशित मिति: आइतबार, फाल्गुण २७, २०८० | १२:३९:०८
काठमाडाैं । पाकिस्तानको राष्ट्रपति निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार आसिफ अली जरदारी विजयी भएका छन् । उनले आज (आइतबार) अपराह्न चार बजे दोस्रो कार्यकालको शपथ ग्रहण गर्ने कार्यक्रम छ । पाकिस्तानका प्रधानन्यायाधीश काजी फैज इसाले आसिफलाई शपथ खुवाउने छन् ।
६८ वर्षीय जरदारी पाकिस्तान पिपुल्स पार्टीका सहअध्यक्ष हुन् । उनी यसअघि सन् २००८ देखि सन् २०१३ सम्म राष्ट्रपति बनेका थिए । पाकिस्तानको निर्वाचन आयोगका अनुसार राष्ट्रपतिको निर्वाचनमा ४११ भोट पाएर जरदारी विजयी भएका थिए । उनका प्रतिद्वन्द्वी महमुद खान अचकजईले १८१ भोट पाएका थिए ।
प्रकाशित मिति : आइतबार, फाल्गुण २७, २०८० |
१२:३९:०८
4533