फेरि बढ्यो सुनको मूल्य, ताेलाकाे कति पुग्याे ?
प्रकाशित मिति: बिहिबार, चैत्र ०१, २०८० | १२:२७:५७
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलामा ८०० रुपैयाँ बढेको हो । आज छापावाल सुन तोलामा १ लाख २५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन उक्त सुन तोलामा एक लाख २५ हजार रुपैयाँमा कारोबार भएको थियो ।गत आइतबार नेपाली बजारमा छापावाल सुन १ लाख २६ हजारमा कारोबार भएको थियो। यो अहिलेसम्मकै उच्च मूल्य हो ।
त्यस्तै, आज तेजाबी सुन तोलामा एक लाख २५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यसदिन चाँदी मूल्य एकै दिन ५० रुपैयाँ बढेको छ । चाँदी तोलामा एक हजार ५१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : बिहिबार, चैत्र ०१, २०८० |
१२:२७:५७
3477