शुक्रबार घट्याे सुनकाे भाउ, कतिमा हुँदैछ किनबेच ?
प्रकाशित मिति: शुक्रबार, चैत्र ०२, २०८० | १२:१०:२८
काठमाडौं । नेपली बजारमा शुक्रबार सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख २५ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४ सय रुपैयाँले घटेर १ लाख २५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको हो ।
त्यस्तै आज तेजावी सुन तोलामा १ लाख २४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य प्रतितोला १५ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : शुक्रबार, चैत्र ०२, २०८० |
१२:१०:२८
2531