सुनको मूल्यमा फेरि नयाँ रेकर्ड
प्रकाशित मिति: बिहिबार, चैत्र ०८, २०८० | ११:२६:०४
काठमाडौं । सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम भएकाे छ । आन एकैदिन सुनको मूल्य प्रतितोला २ हजार ६०० रुपैयाँले वृद्धि भएर नयाँ रेकर्ड कायम भएकाे हाे ।बुधबारको तुलनामा बिहीबार प्रतितोला २ हजार ६०० रुपैयाँले वृद्धि भएर छापावाला सुन प्रतितोला १ लाख २७ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २७ हजार २०० रुपैयाँमा कारोबार भइरहेका नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार छापावाला सुन प्रतितोला १ लाख २५ हजार २०० र तेजाबी सुन प्रतितोला १ लाख २४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, चाँदीको मूल्य बिहीबार प्रतितोला १ हजार ५५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति : बिहिबार, चैत्र ०८, २०८० |
११:२६:०४
3169