अमेरिकी डलरसँगै युरोको भाउ बढ्याे
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ। बुधबार अमेरिकी डलरसंगै युरोको भाउ पनि बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार बुधबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ९६ पैसा र बिक्रीदर १३३ रूपैयाँ ५६ पैसा कायम गरिएको छ । आज डलरमा २३ पैसाले वृद्धि भएको छ। यसअघि अर्थात मंगलबार अमेरिकीडलरको खरिददर १३३ रूपैयाँ १९ पैसा र बिक्रीदर १३३ रूपैयाँ ७९ पैसा तोकिएको थियो ।
बुधबार यूरोपियन युरोमा १९ पैसाले बढेर यसको खरिदमूल्य १४४ रूपैयाँ ३३ पैसा र बिक्रीमूल्य १४४ रूपैयाँ ९८ पैसा तोकिएको छ। अघिल्लो दिन यसको खरिददर १४४ रूपैयाँ १४ पैसा र बिक्रीमूल्य १४४ रूपैयाँ ७९ पैसामा कारोबार भएको थियो । त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १६८ रूपैयाँ ३१ पैसा र बिक्रीदर १६९ रूपैयाँ ०७ पैसा कायम गरिएको छ। मंगलबार पाउण्डको खरिदमूल्य १६८ रूपैयाँ २२ पैसा र बिक्रीमूल्य १६८ रूपैयाँ ९८ पैसा रहेको थियो । यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८७ रूपैयाँ १८ र बिक्रीदर ८७ रूपैयाँ ५८ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९८ रूपैयाँ ०३ पैसा र बिक्रीमा ९८ रूपैयाँ ४७ पैसा कायम गरिएको छ ।
उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ७९ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ८३ पैसा रहेको छ। चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ४२ पैसा तथा बिक्री दर १८ रूपैयाँ ५० पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ९३ पैसा तथा बिक्री दर ९ रुपैयाँ ९७ पैसा कायम गरेको जनाइएको छ । यसैगरी, बुधबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ४६ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ६२ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ४५ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ६१ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ २१ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३७ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बुधबार २८ रूपैयाँ १७ पैसा र बिक्रीदर २८ रूपैयाँ ३० पैसा कायम गरेको छ ।
साथै, कुवेती दिनार एकको खरिददर ४३२ रूपैयाँ २४ पैसा र बिक्रीदर ४३४ रूपैयाँ १९ पैसा र बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ६९ पैसा र बिक्रीदर ३५४ रूपैयाँ २८ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।