विदेशी विनिमय दर : आज कुन मुद्राकाे कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ १५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७५ पैसा निर्धारण भएको छ । त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४३ रुपैयाँ ५८ पैसा र बिक्रीदर १४४ रुपैयाँ २३ पैसा निर्धारण भएको छ। बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १६८ रुपैयाँ ७१ पैसा निर्धारण भएको छ ।
त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ७८ पैसा र बिक्रीदर ८७ रुपैयाँ १७ पैसा निर्धारण भएको छ । आजको लागि कुवेती दिनार १ को खरिददर ४३२ रुपैयाँ ८४ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ७९ पैसा निर्धारण भएको छ । त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ १६ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ७६ पैसा निर्धारण भएको छ ।