आज कुन देशको मुद्राको विनिमयदर कति?
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । शुक्रबार देखी स्थिर रहेको अमेरिकी डलरको भाउ आज भने घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार बुधबार अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ १२ पैसा र बिक्रीदर १३३ रूपैयाँ ७२ पैसा कायम गरिएको छ । यसअघि मंगलबार एक डलरको खरिदमूल्य १३३ रूपैयाँ १५ पैसा र बिक्रीमूल्य १३३ रूपैयाँ ७५ कारोबार भएको थियो ।
बुधबार यूरोपियन युरो एकको खरिदमूल्य १४३ रूपैयाँ ०४ पैसा र बिक्रीमूल्य १४३ रूपैयाँ ६८ पैसा तोकिएको छ । अघिल्लो दिनको तुलनामा युरो ५५ पैसाले घटेको छ ।मंगलबार युरोको खरिदमूल्य १४३ रूपैयाँ ५८ पैसा र बिक्रीमूल्य १४४ रूपैयाँ २३ पैसा कायम गरिएको थियो । त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १६७ रूपैयाँ २७ पैसा र बिक्रीदर १६८ रूपैयाँ ०२ पैसा कायम गरिएको छ । अघिल्लो दिनको तुलनामा ६९ पैसाले घटेको हो । मंगलबार यसको खरिददर १६७ रूपैयाँ ९६ पैसा र बिक्रीदर १६८ रूपैयाँ ७१ पैसा रहेको थियो ।
यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ ५४ र बिक्रीदर ८६ रूपैयाँ ९३ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९८ रूपैयाँ १२ पैसा र बिक्रीमा ९८ रूपैयाँ ५७ पैसा कायम गरिएको छ । उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ७८ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ८२ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ४० पैसा तथा बिक्री दर १८ रूपैयाँ ४८ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ८५ पैसा तथा बिक्री दर ९ रुपैयाँ ८९ पैसा कायम गरेको जनाइएको छ ।
यसैगरी, बुधबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ५१ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ६७ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ४९ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ६५ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ २५ पैसा र बिक्रीदर ३६ रूपैयाँ ४१ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बुधबार २८ रूपैयाँ र बिक्रीदर २८ रूपैयाँ १२ पैसा कायम गरेको छ । साथै, कुवेती दिनार एकको खरिददर ४३२ रूपैयाँ ५७ पैसा र बिक्रीदर ४३४ रूपैयाँ ५२ पैसा र बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ०८ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ६७ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।