सुनको मूल्यमा एकपछि अर्को रेकर्ड, तोलाको कति पुग्यो ?
प्रकाशित मिति: बुधबार, चैत्र २१, २०८० | १२:३३:२१
काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ३१ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एकैदिन तोलामा १८ सय रुपैयाँले बढेर कारोकार भईरहेको छ । आज छापावाला सुन प्रतितोला १ लाख ३३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
त्यस्तै तेजावी सुन तोलामा १ लाख ३२ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला १ हजार ६ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : बुधबार, चैत्र २१, २०८० |
१२:३३:२१
2729