सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, आज कति छ तोलाको ?
प्रकाशित मिति: बिहिबार, चैत्र २२, २०८० | ११:३४:१५
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला रु एक हजारले वृद्धि भइ हालसम्मकै उच्च मूल्य कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु एक लाख ३३ हजारमा कारोबार भएको छापावाला सुन आज रु एक हजारले बढेर रु एक लाख ३४ हजार बराबरको मूल्य निर्धारण भएको छ ।
तेजाबी सुन बुधबार प्रतितोला रु एक लाख ३२ हजार तीन सय ५० मा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३३ तीन सय ५० बराबरको मूल्य निर्धारण भएको छ । चाँदीको मूल्य पनि तोलामा रु ४० ले वृद्धि भएको छ । बुधबार प्रतितोला रु एक हजार छ सय १० मा कारोबार भएकामा आजका लागि भने रु एक हजार छ सय ५० बराबरको मूल्य निर्धारण भएको छ ।
प्रकाशित मिति : बिहिबार, चैत्र २२, २०८० |
११:३४:१५
2113