आज कति छ सुनकाे भाउ ?
प्रकाशित मिति: बुधबार, बैशाख ०५, २०८१ | १२:०८:२०
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मुल्य स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य स्थिर रहदै मंगलबारकै १ लाख ३९ हजार २०० मा कारोबार भइरहेकाे हाे । यसैगरी, आज तेजावी सुनको मूल्य तोलाको १ लाख ३८ हजार ५५० रुपैयाँ बायम रहेकाे छ ।
यसअघि सोमबार छापावाल सुन प्रतितोला १ लाख ३७ हजार ५०० रुपैयाँ किनबेच भएको थियो भने तेजावी सुनको मूल्य तोलाको १ लाख ३६ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी आज चाँदीको मुल्य भने घटेको छ । महासंघका अनुसार आज चाँदीको मुल्य तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १७ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति : बुधबार, बैशाख ०५, २०८१ |
१२:०८:२०
2443