यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
प्रकाशित मिति: आइतबार, बैशाख ३०, २०८१ | ९:५५:१९
चितवन । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैँकका अनुसार आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । यस्तै, आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ३१ पैसा र बिक्री दर १३३ रुपैयाँ ९१ पैसा रहेको छ । आज युरो एकको खरिद दर १४३ रुपैयाँ ६५ पैसा र बिक्री दर १४४ रुपैयाँ ३० पैसा रहेको छ । यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ०० पैसा र बिक्री दर १६७ रुपैयाँ ७५ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५६ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
प्रकाशित मिति : आइतबार, बैशाख ३०, २०८१ |
९:५५:१९
2597