भरतपुरमा अज्ञात समूहद्वारा स्कुल बसमा आगजनी
प्रकाशित मिति: आइतबार, बैशाख ३०, २०८१ | ११:५०:५७
चितवन । चितवनको भरतपुर महानगरपालिका २० दद्रेनी नजिकै विद्यार्थी लिन गएको स्मल हेभन स्कुल कल्याणपुरको बसमा अज्ञात समूहद्वारा आगजनी गरिएको छ ।विद्यालयलका अनुसार चनौली, द्रद्रेनी, शुक्रनगर पटिहानी हुँदै विद्यार्थी लिन गएको बागमती प्रदेश ०६ ००१ क ००४५ नम्बरको बसमा आज बिहान ६ जनाको समूहले आगजनी गरेर भागेको हुन् । तीनवटा मोटरसाइकलमा आएका ६ जनाको समूहले बसमा पेट्रोल छर्किएर आगो लगाएर उनीहरु सबै फरार छन्, भने बस जलेर पूर्ण रुपमा क्षति भएको छ ।
बस जलाउने व्यक्तिहरूले बसका सहचालकको मोबाइलसमेत लुटेर लगेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले घटनास्थलमा आगो निभाउन र थप अनुसन्धानका लागि प्रहरी टोली परिचालन गरिएको जनाएको छ ।
प्रकाशित मिति : आइतबार, बैशाख ३०, २०८१ |
११:५०:५७
2927