यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
चितवन, ३१ बैशाख । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ । आज अमेरिकी डलरको मूल्य यथावत रहँदा युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य मूल्य घटेको छ । राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९१ पैसा निर्धारण भएको छ। गएको चार दिनदेखि अमेरिकी डलर यही मूल्यमा कारोबार हुँदै आएको छ । त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४३ रुपैयाँ ५९ पैसा र बिक्रीदर १४४ रुपैयाँ २३ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४४ रुपैयाँ ३० पैसा थियो ।
आजको लागि बेलायती पाउन्ड १ को खरिददर १६६ रुपैयाँ ९४ र बिक्रीदर १६७ रुपैयाँ ७० पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १६७ रुपैयाँ र बिक्रीदर १६७ रुपैयाँ ७५ पैसा थियो । त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ०१ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४१ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ०८ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४७ पैसा थियो ।
आजको लागि कुवेती दिनार १ को खरिददर ४३३ रुपैयाँ ७४ पैसा र बिक्रीदर ४३५ रुपैयाँ ६९ पैसा निर्धारण भएको छ । हिजो कुवेती दिनार १ को खरिददर ४३३ रुपैयाँ ४७ पैसा र बिक्रीदर ४३५ रुपैयाँ ४२ पैसा थियो । त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३५५ रुपैयाँ १६ पैसा निर्धारण भएको छ । हिजो बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३५५ रुपैयाँ १६ पैसा थियो ।