हावाहुरीले पुर्विचितवनमा करिव ८० वटा पोल ढल्दा विद्युत सेवा प्रभावित, ममर्त गर्दैछौ : प्राधिकरण
चितवन , १९ जेठ । शुक्रबार बेलुकाको हावाहुरी पश्चात् पुर्विचितवन क्षेत्रको विद्युत सेवा प्रभावित भएको छ । हावाहुरीले विभिन्न क्षेत्रमा पोल ढलेको छ । पुर्विचितवन क्षेत्रमा करिव ८० वटा विजुलीको पोलमा क्षेति भएको नेपाल विद्युत प्रधिकरण रत्ननगर शाखाका प्रमुख इन्जिनियर राजेन्द्र चौधरीले जानकारी दिए । शुक्रबारको हावाहुरीको कारण अधिकाम्स क्षेत्रको विद्युत सेवा अबरुद्ध भएकोमा हर्दीबाट आएको लाइन ममर्त टोलि खटिएर गएरातीदेखि नै खैरहनीको केही स्थानमा विद्युत सेवा सुचारु गरिएको उनले बताए । भरतपुरबाट पर्सा सवस्टेशनमा आउने विद्युत टिकौलि जङ्गल लगायतको क्षेत्रमा भएको अवरोध हटाएर आज दिउँसो करिव २ बजेबाट संचालनमा ल्याउन सफल भएको उनले बताए ।
मुख्य लाइन आएपछि क्रमशै शाखा लाइनमा रहेको अवरोध हटाउदै , ढलेको पोल फेर्दै विद्युत आपूर्ति सहज बनाउन लागिरहेको चौधरीले बताए । बेल्सी ,तरकारी चोक र बुढ्यौली क्षेत्रमा विजुलीको पोल धेरै क्षेती भएको उनले बताए । हिजो बेलुकाबाटै प्राविधिक, सहयोगी कर्मचारी र पोल सार्ने ठेकदारका कर्मचारी गरि करिव ४० जनाको टोलि खटिरहेको उनले बताए । धेरै स्थानमा एकैपटक समस्या आएको तर आफुहरु थोरै जनशक्ति र स्रोत साधनको बिच विद्युत सेवा सुचारु गर्न लागिरहेको उनले बताए । अहिले रातीको ९ बजे समेत सबै टोलि फिल्डैमै काम गरिरहेको र आजै धेरै स्थानमा विद्युत सेवा सुचारु गराउन लागिरहेको चौधरीले बताए ।