लोकसभा चुनाव : मोदी वाराणसीबाट विजयी
प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१ | १८:३८:३४
चितवन , २२ जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लोक सभा सदस्यमा निर्वाचित भएका छन् । बाराणसी क्षेत्रमा उम्मेदवार बनेका मोदी यसपटक सबैभन्दा कम मतान्तरले विजयी भएका छन् । उनले प्रतिस्पर्धी राष्ट्रिय भारतीय कांग्रेसका उमेदवार अजय रायलाई १ लाख ५२ हजार मतान्तरले हराएका छन् ।
यसअघि सन् २०१९ मा मोदीले ६ लाख ७४ हजार ६६४ मत प्राप्त गरेका थिए । यसपटक उनले ६ लाख ११ हजार ४३९ मत प्राप्त गरेका छन् ।
प्रकाशित मिति : मंगलबार, जेठ २२, २०८१ |
१८:३८:३४
1783