सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?
प्रकाशित मिति: बिहिबार, आषाढ ०६, २०८१ | १४:०७:०४
चितवन , ०६ असार । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । विहिबार सुन प्रतितोला ६ सयले बढेर १ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । यस अघि बुधबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २ सयमा कारोबार भएको थियो ।
त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४२ हजार १०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्य तोलाको ३५ रुपैयाँले बढेर प्रतितोला १८४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : बिहिबार, आषाढ ०६, २०८१ |
१४:०७:०४
2179