सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?
प्रकाशित मिति: आइतबार, आषाढ ०९, २०८१ | १३:०६:५४
चितवन , ०९ असार । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार सुन प्रतितोला २७ सयले घटेर तोलाको १ लाख ४२ हजारमा कारोबार भएको छ । यस अघि शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार ७ सयमा कारोबार भएको थियो ।
त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ३ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्य तोलाको ५० रुपैयाँले घटेर प्रतितोला १८१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : आइतबार, आषाढ ०९, २०८१ |
१३:०६:५४
2113