साेमवार सुनको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?
प्रकाशित मिति: सोमबार, आषाढ १०, २०८१ | १३:००:०१
चितवन , १० असार । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । सोमबार सुन प्रतितोला ३ सयले बढेर तोलाको १ लाख ४२ हजार ३ सयमा कारोबार भएको छ । यस अघि आइतबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजारमा कारोबार भएको थियो ।
त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ६ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्य तोलाको ५ रुपैयाँले बढेर प्रतितोला १८२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : सोमबार, आषाढ १०, २०८१ |
१३:००:०१
3851













