त्रिशूलीमा खसेका थप दुई यात्रुको शव नारायणी नदीमा भेटियो
प्रकाशित मिति: शनिबार, आषाढ २९, २०८१ | १८:४०:४९
चितवन, २९ असार । नारायणी नदी किनारामा थप दुइटा शव फेला परेको छ । हिजो शुक्रबार सीमलतालमा दुईवटा बस त्रिशूलीमा डुबाउँदा बसमा सवार यात्रुहरू खोज्ने टोली परिचालन भइरहेको अवस्थामा नारायणी नदीमा थप दुई जना पुरुषको शव भेटिएको हो । एउटा शव बालुवामा पुरिएको अवस्थामा र एउटा शव तैरिएको अवस्थामा भेटिएको थियो । एउटा पुरुषको खुट्टामा जुत्ता भएको र शरीरमा भित्री वस्त्रमात्रै बाँकी भएको अवस्थामा भेटिएको छ । अर्को शव गाडिएको अवस्थामा भेटिएकाले प्रहरीले खनेर निकालेको छ । शवको सनाखत नभएकाले उनीहरु बसमा सवार यात्रु हो होइनन् यकिन भने भइसकेको छैन ।
यसअघि चितवनको भरतपुर महानगरपालिका-२८ गोलाघाटस्थित नारायणी नदीमा एक व्यक्तिको शव भेटिएको थियो ।
प्रकाशित मिति : शनिबार, आषाढ २९, २०८१ |
१८:४०:४९
1783