आइतबार सुनको मुल्य कति पुग्यो ?
प्रकाशित मिति: आइतबार, आषाढ ३०, २०८१ | १४:५०:०८
चितवन, ३० असार । आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । आइतबार सुनको तोलाको एक लाख ४६ हजार ७ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको अहिलेसम्मकै सबधिक मुल्य हो । यस अघि शुक्रबार पनि सुनको मुल्य तोलाको १ लाख ४६ हजार ७ सय रहेको थियो । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४६ हजारमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । चाँदी आज प्रतितोला २५ रुपियाँ घटेर तोलाको १८७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : आइतबार, आषाढ ३०, २०८१ |
१४:५०:०८
6007













