आइतबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
प्रकाशित मिति: आइतबार, साउन ०६, २०८१ | १२:३७:५७
चितवन, ०६ साउन । आज नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । आइतबार सुन तोलाको १३ सयले घटेर एक लाख ४६ हजार २ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि शुक्रबार सुनको मुल्य तोलाको १ लाख ४७ हजार ५ सय रहेको थियो । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४५ हजार ५ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज प्रतितोला २० रुपियाँ घटेर तोलाको १८१० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : आइतबार, साउन ०६, २०८१ |
१२:३७:५७
1695