चितवनमा सवारी दुर्घटना हुँदा तीनजना घाइते, एकको अवस्था गम्भीर
प्रकाशित मिति: सोमबार, साउन ०७, २०८१ | १४:१०:२९
चितवन, ०७ साउन । चितवनको इच्छाकामना गाउँपालिका–६, जलविरेनजिकै माइक्रो बस दुर्घटना हुँदा तीनजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कावासोतीबाट काठमाडौंतर्फ जाँदै गरेको ग१ख ९१५५ नम्बरको माइक्रो आज बिहान सडकको डिभाइडरमा ठोकिएको थियो । घाइतेहरूको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए । उनका अनुसार घाइतेमध्ये माइक्रोका सहचालक नवलपुरको कावासोती नगरपालिका–८ बस्ने ३६ वर्षीय धनश्याम न्यौपानेको अवस्था गम्भीर छ ।
बस आफैँ अनियन्त्रित भई दुर्घटना भएको अनुमान गरिएको छ । माइक्रो चालक चितवनको माडी नगरपालिका–१ का नन्दलाल महतोलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनले जानकारी दिए । उक्त माइक्रोमा १७ यात्री सवार थिए ।
प्रकाशित मिति : सोमबार, साउन ०७, २०८१ |
१४:१०:२९
1915