विमान दुर्घटनापछि बोलाइएको मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु, छानबिन समिति बनाइँदै
प्रकाशित मिति: बुधबार, साउन ०९, २०८१ | १८:२३:५६
चितवन, ०९ साउन । सिंहदरबारमा आकस्मिक मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सौर्य एयरलाइन्सको विमान दुर्घटना भएलगत्तै मन्त्रिपरिषद् बैठक बोलाएका थिए । प्रधानमन्त्रीको सचिवालयका अनुसार दुर्घटना पछिको तीव्र उद्धार, राहतलगायत विभिन्न विषयमा निर्णय हुनेछन् । यस्तै बैठकले दुर्घटनाको कारण पत्ता लगाउन छानबिन समिति बनाउने बताइएको छ ।
प्रकाशित मिति : बुधबार, साउन ०९, २०८१ |
१८:२३:५६
4753



















