जहाज दुर्घटना : बिहीबार राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय
प्रकाशित मिति: बुधबार, साउन ०९, २०८१ | १९:१०:४८
चितवन, ०९ साउन । सरकारले सौर्य एयरलाइन्सको विमान दुर्घटनाको शोकमा बिहीबार राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले झन्डा आधा झुकाउने निर्णय गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । बुधबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान विमानस्थल परिसरमै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो भने पाइलट गम्भीर घाइते भएका छन् ।
प्रकाशित मिति : बुधबार, साउन ०९, २०८१ |
१९:१०:४८
4687



















