शुक्रबार सुनकाे मूल्य बढ्याे, ताेलाकाे कति पुग्याे ?
प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१ | १२:३७:३५
चितवन , १८ साउन । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार सुन तोलाको ५ सयले बढेर एक लाख ४९ हजार ९ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि विहिबार सुनको मुल्य तोलाको १ लाख ४९ हजार ४ सय रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । चाँदी आज प्रतितोला ५ रुपियाँले घटेर तोलाको १९७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : शुक्रबार, साउन १८, २०८१ |
१२:३७:३५
2487