सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?
प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१ | १२:३६:००
चितवन , २२ साउन । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । मंगलबार सुन तोलाको २३ सयले घटेर तोलाको एक लाख ४७ हजार ७ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि सोमबार सुनको मुल्य तोलाको १ लाख ५० हजार पुगेको थियो । यो सुनको अहिलेसम्मकै उच्च मुल्य थियो । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज प्रतितोला ६५ रुपियाँ घटेर १७२५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : मंगलबार, साउन २२, २०८१ |
१२:३६:००
1827