बुधबार सुनको मुल्य घट्यो, तोलाको कति ?
प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१ | १४:२१:५८
चितवन , ३० साउन । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुन तोलाको २ सयले घटेर तोलाको एक लाख ५० हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि मंगलबार सुनको मुल्य तोलाको १ लाख ५० हजार ८ सय पुगेको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि सामान्य घटेको छ । मंगलबार तोलामा १ हजार ७४० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज भने पाँच रुपैयाँले घटेर तोलामा १ हजार ७३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रकाशित मिति : बुधबार, साउन ३०, २०८१ |
१४:२१:५८
1563